२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सिमलतालबाट ट्रक त्रिशूली नदी किनारमा खस्यो

३० भदौ, चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको सिमलताल भन्ने ठाउँबाट एउटा ट्रक त्रिशूली नदी किनारमा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालले दिएको जानकारी अनुसार ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशूली नदी किनारमा खसेको हो ।

ट्रक त्रिशूली नदीमा पुग्नबाट भने जोगिएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ । यसअघि, असार २८ गते सिमलताल क्षेत्रबाट दुईवटा बस त्रिशूली नदीमा खसेका थिए । बसका ६२ जना यात्रुहरुमध्ये २४ जनाको मात्र शव भेटिएको थियो ।

 

 

प्रकाशित मिति : २०८१ भाद्र ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस