२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाल आएर नेपाली सेनासँगै परेड र युद्व अभ्यासमा सँगै उत्रियो अमेरिकी सेना

३० भदौ, काठमाडौं । नेपाली र अमेरिकी सेनाबीच आजदेखि संयुक्त सैन्य अभ्यास हुने भएको छ । यो अभ्यासलाई ‘प्यासिफिक एन्जल’ नाम दिइएको छ ।

विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गर्ने उद्देश्यले ३० भदौदेखि २ असोजसम्म संयुक्त अभ्यास हुन लागेको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले बताए ।

‘अभ्यासका क्रममा विभिन्न प्रकारका विपद्को दौरान सञ्चालन गरिने खोज तथा उद्दार कार्यलाई थप प्रभावकारी बनाउन अपनाउनु पर्ने विद्यमान विधि तथा प्रक्रियाहरुबारे ज्ञान आदनप्रदान हुनेछ’, केसीले भने, ‘काठमाडौं, मकवानपुर र धादिङ जिल्लामा त्यससम्बन्धी अभ्यासहरु सञ्चालन हुनेछन् । सन् २०१२ देखि सुरु भएको अभ्यासको यो चौथो संस्करण हो ।’

 

 

प्रकाशित मिति : २०८१ भाद्र ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस