२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

exchange american dollar

काठमाडौं, भदौ ३० । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ९३ पैसा र बिक्रीदर १३४ रूपैयाँ ५३ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १४८ रूपैयाँ ४९ पैसा र बिक्रीदर १४८ रूपैयाँ १६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५ रूपैयाँ ७० पैसा र बिक्रीदर १७६ रूपैयाँ ४८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५८ रूपैयाँ ११ पैसा र बिक्रीदर १५८ रूपैयाँ ८२ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रूपैयाँ ६५ पैसा र बिक्रीदर ९० रूपैयाँ ०५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ५५ पैसा र बिक्रीदर ९८ रूपैयाँ ९९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ०७ पैसा र बिक्रीदर १०३ रूपैयाँ ५४ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ ५१ पैसा र बिक्रीदर नौ रूपैयाँ ५६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ८८ पैसा र बिक्रीदर १८ रूपैयाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३५ रूपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३६ रूपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९० पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ ०१ पैसा र बिक्रीदर चार रूपैयाँ ०३ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ १४ पैसा र बिक्रीदर ३१ रूपैयाँ २९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रूपैयाँ ०८ पैसा र बिक्रीदर १० रूपैयाँ १२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ०६ पैसा र बिक्रीदर १३ रूपैयाँ १२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ९० पैसा र बिक्रीदर १९ रूपैयाँ ९९ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ १७ पैसा र बिक्रीदर १७ रूपैयाँ २५ पैसा, कुवेती दिनार एकको खरिददर ४३८ रूपैयाँ ९३ पैसा र बिक्रीदर ४४० रूपैयाँ ८९ पैसा, बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ९३ पैसा तथा भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : २०८१ भाद्र ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस