२०८१ असोज २ गते बुधवार | 2024 September 18th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतीको नेपाल र नेपालीमाथी प्रेम देखेर सबै हुरुक्क, अपने देशवाले मिले भन्दै भनिन् जय नेपाल

काठमाडौं ।  भारतीय कमेडियन भारती सिंहले नेपाल र नेपालीलाई देखाएको प्रेमयुक्त भिडियो भाइरल भइरहेको छ । भारतमा उनले केही नेपाली युवाहरुलाई सडकमा भेट्छिन् । भेट्नासाथ उनले भिडियो बनाउँन थाल्छिन् । सुरुमा नै नेपाली शब्दमा पहिला ढोगदिन्छु भन्छिन् ।

त्यसपछि बोल्न खोज्दा नआएपनि नेपाली खत्तम (अर्थात भाषा बोल्न जानिन) भनेर दु:ख व्यक्त गर्छिन् । त्यसपछि हिन्दीमा आज हमारे पास नेपालके दाई हे । जो याजु मे सेफ है, भाई कहा से हे ? त्यसपछि ये काठमाडौं से मे पन्जाव से हुँ भनेर एक युवाले भन्छन् ।

त्यसपछि खुद नेपाली आति दोनो को भारती भन्छिन् । युवाहरुले आउँछ भन्छन् । त्यसपछि एकदम मायालु आवाजमा भारती कुछ बोलो ना । भन्छिन् । युवकले नेपालीमा सन्चै हुनुहुन्छ ? भन्छन् । भारती झनै हुरुक्कै हुँदै हाय भन्छिन् । उनले नेपालीमा नै तपाई कता रहन्छ ? भनेर सोध्छिन् ।

त्यसपछि अर्का युवकले नेपाल दाङ भन्छन् । त्यसपछि भारतीले नेपालबाट अर्को पटक कोही आउँदै छ भने डल्ले खुर्सानी र गुन्द्रुक मगाउनु भन्छिन् । टिमुरपनि ल भन्छिन् । त्यसपछि युवाहरुले टाउको हल्लाएर हुन्छ भन्छन् ।

त्यसपछि भारती युवाहरुसँग गएर सेल्फी भिडियो लिँदै देखो भाई अपने देशवाले लोग मिलगय भन्छिन् । युवाहरुले थ्याङ्क्यु भन्न नभ्याउँदै भारती जय नेपाल भन्दै मुठ्ठी उठाएर अभिवादन गर्छिन । यो भिडियो अहिले भाइरल छ ।

 

प्रकाशित मिति : २०८१ भाद्र ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस