२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सबै दलको गठबन्धन हराउँदै नारायण क्याम्पस स्ववियुमा एमालेनिकट अनेरास्ववियुको प्यानल नै विजयी

A coalition of all parties lost, the panel of UML Student union won in Narayan Campus Swawiyu

दैलेख । दैलेखस्थित नारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन शुक्रबार सम्पन्न भएको हो । शनिवार सम्पन्न मतगणनामा नेकपा एमालेनिकट अनेरास्ववियुको प्यानलै निर्वाचित भएको छ ।गठबन्धनलाई पछि पार्दै अनेरास्ववियुका हिमवहादुर बस्नेत ९ मतको अन्तरमा सभापति निर्वाचित भएका हुन् ।

बस्नेत १६६ मत पाएर सभापति पदमा बिजयी हुँदा उनका प्रतिस्पर्धी नेविसंघका उम्मेदवार बिष्णु प्रसाद कोइरालाले १५७ मत पाएका छन् ।

त्यस्तै सचिवमा पनि अनेरास्ववियुका फिलिप सिंह १९२ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी गठबन्धनबाट नेकपा एसनिकट अनेरास्ववियूका टेकराज बुढाले १२७ मत पाएका छन् ।

स्ववियुको कोषाध्यक्षमा अनेरास्ववियुकी शुष्मा शाही १७२ मतसहित बिजयी भएकी छन् भने प्रतिस्पर्धी गठबन्धनबाट अखिल क्रान्तिकारीका उम्मेदवार भुवन प्रसाद पाण्डेले १४१ मत पाएका छन् । सदस्यहरु पनि अनेरास्ववियुबाटै पुष्पकमल अधिकारी र पुर्णिमा रानामगर निर्वाचित भएका छन् ।

निर्वाचनमा अनेरास्ववियुविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस, विप्लनिकट नेकपा र राप्रपानिकट विद्यार्थी संगठनहरुले गठबन्धन बनाएका थिए ।

प्रकाशित मिति : २०८१ भाद्र २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस