२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधानमन्त्रीले मलाई हटाउने कुरा बजारको हल्ला भन्नुभयो : उपसभामुख राना

Indira Rana Magar

काठमाडौं । उपसभामुख इन्दिरा रानाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूलाई हटाउन खोजिएको विषयमा गुनासो गरेकी छन् । आज संवैधानिक परिषदको वैठकपछि उनले प्रधानमन्त्रीसँग संक्षिप्त कुराकानी गरेकी थिइन् ।

रानाले सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीले आफूलाई हटाउने कुरा नभएको भनेर आश्वस्त गराएको दावी गरिन् । उनले भनिन्, ‘मैले भनेँ कि मेरो अन्तराष्ट्रिय छवि छ । कयौं बालबालिका हुर्काएको छु । न त त्यो चिठी उता (दूतावास) गएको छ, न त उनीहरु अमेरिका गएका हुन् । वास्तवमा चिठी दर्ता नै भएको छैन । त्यसलाई लिएर यस्तो आयो भन्ने कुरा राखेँ । प्रधानमन्त्रीले तपाईं संवैधानिक परिषदको सदस्य हो । बजारको हल्लाबबारे कुरा नगरौं भन्नु भयो । बजारको कुरा बजारमै छाडौं भन्नुभएको छ । तपाईंको सोच अब के छ त ? भन्ने पत्रकारको जिज्ञसामा उनले जवाफ दिइन्, ‘मेरो के सोच हुनुपर्यो र ? मैले केही गल्ति गरेको भए पो ।’

प्रकाशित मिति : २०८१ भाद्र २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस