२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सोमवार सार्वजनिक बिदा

जनकपुरधाम । मधेश प्रदेश सरकारले पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा अगामी सोमवार सार्वजनिक बिदा दिएको छ । मधेशका गृह, सञ्चार तथा कानून मन्त्रालयका निमित्त सचिव संदिप कुमार सिंहले पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा भदौं ३१ गते सोमवार सार्वजनिक विदा दिने निर्णय भएको सूचना जारी गरेका हुन् ।

मधेश प्रदेश सरकार (मन्त्रिपरिषद्)बाट २०८० चैत ११ मा पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा विदा दिने निर्णय गरिएको थियो । सोही आधारमा यसवर्ष पनि विदा दिने निर्णय गरिएको सूचनामा उल्लेख छ । पैगम्बर मोहम्मद मुस्लिम धर्मका प्रवर्तक हुन् । उनको जन्मदिन विश्वभरका मुस्लिम समुदायले धुमधामका साथ मनाउने गरेका छन् ।

 

प्रकाशित मिति : २०८१ भाद्र २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस