२०८१ असोज २ गते बुधवार | 2024 September 18th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ब्रेकअपबारे पहिलोपटक खुले सिसन बानियाँ, उनीलाई ट्रोलरले पीडा दिएकोमा चिन्ता र आक्रोश

sisan baniya

काठमाडौं । चर्चित भ्लगर सिसन बानिया सामाजिक सञ्जालमा अत्यधिक ट्रोलको शिकार हुने युवामध्ये पर्छन् । विगतको असफल प्रेम सम्बन्धलाई लिएर अहिलेसम्म पनि ट्रोलरहरुले उनलाई टोकस्न छोडेका छैनन् । पूर्व मिस नेपाल शृङ्खला खतिवडासँग प्रेममा परेका थिए सिसन । दुवैले सार्वजनिकरुपमा स्वीकार नगरेको भएता पनि उनीहरूका गतिविधि र सामीप्यताले यो ‘ओपन सेक्रेट’ जस्तै थियो । तर, उनीहरुबीच ब्रेक अप भयो । केही समयअघि शृङ्खलाले कान्तिपुर पब्लिकेसनको सम्भव सिरोहियासँग विवाह गरिसकेकी छन् ।

सिसनसँग ब्रेकअप र सम्भवसँग विवाहपश्चात् खासगरी शृङ्खलाले सामाजिक सञ्जालमा ट्रोलको आँधिबेरी नै सहनु परेको छ । संघर्षमा साथ दिएका सिसनलाई धोका दिएर धनाढ्य युवक रोजेको भन्दै शृङ्खलामाथि तीखा प्रहारहरू हुने गरेका छन् । एक पटक शृङ्खलाले आफूलाई सामाजिक सञ्जालले रुवाएको भनेर सार्वजनिक अभिव्यक्तिसमेत दिएकी थिइन् ।

उनले दिक्दारी पोख्दै यो पनि भनेकी थिइन्, ‘धन्न म कृतज्ञ छु कि कम्तीमा म मेरो सामाजिक सञ्जाललाई चाहेको बेलामा लगआउट गर्न सक्छु । अर्कोतर्फ सिसन भने ब्रेकअपपछि केही समय विक्षिप्त बनेका थिए । उनीमाथि धेरैले सहानुभूति दर्शाए पनि । अहिले भने उनी आफ्नो पुरानो लयमा फर्किसकेका छन् ।’

सिसनले कहिल्यै पनि शृङ्खलासँगको सम्बन्ध र ब्रेकअपबारे बोलेका थिएनन् । तर, हिजो मात्रै एउटा पोडकास्टमा उनी पहिलो पटक खुलेका छन् । उनले आफू ब्रेकअपको पिडाबाट बाहिर निस्किसकेको बताए ।

सिसनले अन्तरवार्तामा शृङ्खलाको नाम कतै पनि उच्चारण गरेका छैनन्, तर उनीप्रति यथेष्ट सहानुभूति र सद्भाव व्यक्त गरेका छन् । आफू पुरुष भएर सहानुभूति पाएको तर महिला भएकाले नै शृङ्खलाले समाजबाट प्रताडना खेप्नुपरेको उनको टिप्पणी छ । ट्रोलरहरुले शृङ्खलालाई निशाना बनाएकोप्रति सिसनले चिन्ता र आक्रोश पोखेका छन् ।’

प्रकाशित मिति : २०८१ भाद्र २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस