२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालको हरियो तरकारी कतार पठाउन थालियो

Nepal's green vegetables started to be sent to Qatar

काठमाडौं । नेपालमा उत्पादित हरियो तरकारी कतारमा निर्यात गर्न सुरू गरिएको छ । चिनियाँ सहयोगमा नेपालको कृषि कार्यक्रम अन्तर्गत पहिलो चरणमा काठमाडौंको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित हरियो तरकारी कतार पठाइएको छ ।

बिहीबार त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा आयोजित कार्यक्रममा नेपालका लागि कतारी राजदूतलाई हरियो तरकारीहरु हस्तान्तरण गरिएको थियो । ग्रामीण विकासका लागि चाइना फाउन्डेसनको कृषि प्रवर्द्धन कार्यक्रम अन्तर्गत दक्षिणकाली नगरपालिकामा तरकारी खेती गरिएको थियो ।

दक्षिणकाली नगरपालिका मेयर मोहन बस्नेतले किसानहरूले उत्पादन गरेका हरिया तरकारी निर्यातसँगै यसले मुलुकको आर्थिक विकासमा पनि टेवा पुग्ने र किसानहरूलाई प्रोत्साहन हुने विश्वास व्यक्त गरे ।

तरकारी उत्पादनका लागि ग्रामीण विकासका लागि चाइना फाउन्डेसनले किसानहरूलाई विशेष तालिमका साथै आवश्यक कृषि सामाग्री समेत उपलब्ध गराएको थियो ।

 

प्रकाशित मिति : २०८१ भाद्र २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस