२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

देउवा र प्रचण्ड प्रधानमन्त्री ओलीसँग चिया पिउन बालुवाटार पुगे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । सँगै बसेर चिया पिउन भनेर प्रधानमन्त्रीले प्रस्ताव गरेपछि दुबै नेता बालुवाटार पुगेका हुन् ।

प्रतिनिधिसभामा ‘हिंसा’ शब्दलाई लिएर माओवादी र एमालेबीच केही दिनयता सदनमा आरोप–प्रत्यारोप चलिरहेको छ । यही कारण प्रतिनिधिसभा बैठक ३१ गतेसम्मका लागि स्थगित गरिएको छ ।

यस्तै, सत्ता गठबन्धनले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेको छ । त्यसको विरोधमा माओवादीसहित विपक्ष दल उभिएका छन् । साथै संवैधानिक परिषद्को बैठकका प्रस्तावमापनि परामर्श र समसामयिक राजनीतिक विषयमा चिया पिउँदै प्रधानमन्त्रीले नेताहरुसँग छलफल गरेको स्रोतले खुलायो ।

 

प्रकाशित मिति : २०८१ भाद्र २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस