२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

वाइफाइका लागि पैसा नतिरेको विषयमा विवाद हुँदा श्रीमतीको हत्या, २ छोरी घाइते

Wife killed after dispute over non-payment for WiFi

२६ भदौ, जनकपुरधाम । बारामा एक व्यक्तिले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बचाउन गएका दुई छोरीलाई समेत उनले घाइते बनाएका छन् । निजगढ नगरपालिका–९ का ४६ वर्षीय विमलकुमार बस्नेतले ४० वर्षीया श्रीमती लक्ष्मी राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

डीएसपी सापकोटाका अनुसार आमालाई बचाउन गएकी उनकी जेठी छोरी १८ वर्षीया गंगा र १५ वर्षीया जमुना घाइते भएका छन् । जेठी छोरी गंगाको अवस्था गम्भीर छ । उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

डीएसपी सापकोटाका अनुसार मंगलबार साँझ साढे ७ बजेतिर श्रीमान् विमलकुमार मादकपदार्थ सेवन गरी आएपछि वाइफाइको रिचार्ज सकिएको विषयमा विवाद भएको थियो । चारदिनदेखि घरको वाइफाइमा रिचार्ज सकिएको थियो । श्रीमतीले रक्सी खान पैसा हुने, वाइफाइमा रिचार्ज गर्न नहुने भनेपछि सुरु भएको विवादका क्रममा विमलले जथाभावी खुर्पा प्रहार गरेका थिए ।

त्यसक्रममा छोरीहरु बचाउन जाँदा खुर्पा प्रहारबाट उनीहरु पनि घाइते भएको डिएसपी सापकोटाले बताए । श्रीमान् विमललाई पक्राउ गरी घटना विषयमा थप अनुसन्धान गरिरहेको डीएसपी सापकोटाले बताए ।

प्रकाशित मिति : २०८१ भाद्र २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस