२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कांग्रेसलाई रास्वपाको जवाफ, नेपालीलाई विदेशी शरणार्थी बनाएर पठाउँदा देशको शिर झुकेन ?

Manish Jha

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा राना प्रकरणमा नेपाली कांग्रेसलाई जवाफ फर्काएको छ । नेपाली कांग्रेसको आज बसेको पदाधिकारी बैठकले उपसभामुखले देशको शिर झुकाएको निष्कर्ष निकालेको थियो ।

त्यसको जवाफ दिँदै रास्वपा सांसद मनिष झाले कांग्रेसलाई नेपाली नागरिकलाई नै विदेशी शरणार्थी बनाएर पठाउँदा देशको शिर झुकेन भनेर प्रश्न गरे ? उनले भने, ‘उपसभामुखले १९ महिनाअघि लेखेको एउटा पत्रमा उहाँले गल्ती भयो भनेर विज्ञप्ति निकालिसक्नुभएको छ ।

अहिले त्यसलाई राजनीतिक रूपमा चर्चा गरिँदैछ । बार्गेनिङका लागि त्यो लेटर प्रयोग गरिँदैछ । कांग्रेसको अभिव्यक्ति आयो नेपालको शिर झुकाउने काम भयो भनेर । नेपालको शिर त्यो बेला किन झुकेन नेपाली नागरिकलाई नै विदेशी शरणार्थी बनाएर पठाइयो ।’

प्रकाशित मिति : २०८१ भाद्र २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस