२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

उपसभामुखले देशको शिर झुकाएको कांग्रेसको ठहर, राजीनामा दिन आग्रह

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानालाई राजीनामा दिन आग्रह गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकमा उपसभामुखमाथि प्रश्न उठेकाले मार्ग प्रशस्त गर्न उपयुक्त हुने निष्कर्ष निकालेको प्रमुख सचेतक श्याम घिमिरेले बताए ।

यो विषयमा सत्ता गठबन्धनको साझा धारणा बनाएर अघि बढ्ने बताए । यो विषयमा छलफल गर्नको लागि चाँडै संसदीय दलको बैठक बस्ने बताए । उनले भने, ‘कांग्रेसको बैठकअघि सत्तारुढ दलहरुसँग छलफल गरेर साझा धारणा बनाएर अघि बढ्छौं । यो उहाँमाथि गम्भीर प्रश्न उठेको छ । उहाँले त्यस्तो कुनै सिफारिस गर्ने मिल्दैन । त्यसले संसदलाई नै अपमानित गरेको छ । यसले मुलुकको शिर झुकाएको कांग्रेसको बुझाइ छ ।’

प्रकाशित मिति : २०८१ भाद्र २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस