२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ओली भेट्न बालुवाटार पुगे रवि, उपसभामुख रानाबारे धारणा माग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । सभापति लामिछाने प्रधानमन्त्री ओली भेट्न मंगलबार साँझ बालुवाटार पुगेका हुन् । भेटमा सभापति लामिछानेले प्रधानमन्त्री ओलीसँग उपसभामुख इन्दिरा रानाबारे सरकारको धारणा मागेको बताइएको छ ।

उनले उपसभामुख इन्दिरा रानालाई महाअभियोग लगाएर हटाउने चर्चाबारे जिज्ञासा राखेको स्रोतले जनाएको छ । उनको जिज्ञासामा ओलीले संसदमा उठेको विषय संसदबाटै हल गर्नुपर्ने बताएको स्रोतको दाबी छ ।

उपसभामुख रानाले डेढ वर्षअघि अमेरिकी दूतावासलाई आफूसँगै अमेरिका जाने पाँच जनाको अन्तर्वार्ता मिति चाँडो राखिदिन पत्र लेखेको विषयलाई लिएर मंगलबार प्रतिनिधि सभा बैठकमा सत्तापक्षका सांसदले राजीनामा मागेका थिए ।

प्रकाशित मिति : २०८१ भाद्र २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस