२०८१ असोज ९ गते बुधवार | 2024 September 25th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अनशनस्थलबाटै पक्राउ परे पूर्वमुख्यमन्त्री केदार कार्की

Former Chief Minister Kedar Karki was arrested from the hunger strike

२५ भदौ, विराटनगर । १० वर्षमुनिका बालबालिकाको विशिष्टीकृत उपचार सेवा निशुल्कलगायतका माग राखेर अनशन बसेका केदार कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । प्रदेशसभा सचिवालय अगाडि अनशन बसेका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरी मंगलबार साँझ पक्राउ गरेको हो ।

निषेधित क्षेत्रमा अनसन बसेका कारण पक्राउ गरेको प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । यसअघि पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले हटाउन खोजेपछि उनका समर्थक र प्रहरीबीच झडप भएको थियो ।

प्रकाशित मिति : २०८१ भाद्र २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस