२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पल र पुजाको फिल्म रावायणको रि-सेन्सरः अब १६ बर्ष मुनिका सबैले हेर्न पाउने

Re-censor of Paul and Pooja's movie Ravayan: Now everyone below 16 years can watch it

काठमाडौं । नायक पल शाह र नायिका पुजा शर्माको फिल्म रावायणको रि-सेन्सर गरिएको छ । रि सेन्सर गरिएसँगै सोमबार(भोलि) विहानै बाट अब फिल्म‘रावायण’ १६ वर्ष मुनिका बाल बालिका लगायत सबै उमेरका दर्शकले हेर्न सक्नेछन् ।

२,३ संवादमा बिप र २,३ सट मा ब्लर गरि केन्द्रिय चलचित्र जाँच समितिले सुदर्शन थापा निर्देशित फिल्म ‘रावायण’लार्ई पिजी सर्टिफिकेट दिएको हो । यससँगै अब सम्पुर्ण परिवारले एकसाथ बसेर फिल्म हेर्न पाउने भएका छन् ।

यसअघि हिंसात्मक दृश्यको प्रशस्त प्रयोग भएको भन्दै केन्द्रिय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले फिल्म ‘रावायण’लाई ‘एडल्ट’ सर्टिफिकेट दिएको थियो । फिल्मको टिजर, ट्रेलर र गीतबाट राम्रै चर्चा बटुलेको फिल्मले हलमा पनि दर्शकको उत्साह जनक साथ पाइरहेको छ ।

सुदर्शन थापा निर्देशित यस फिल्ममा पूजा शर्मा र पल शाह मुख्य भूमिकामा छन्। फिल्ममा पूजा र पलसहितद प्रमोद अग्रहरी, प्रकाश शाह, प्रियंका कार्की, निकीता चण्डक, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल लगायतको अभिनय छ।

प्रकाशित मिति : २०८१ भाद्र २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस