२०८१ असोज २८ गते सोमवार | 2024 October 14th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बैंकिङ कसूरमा घटनाको प्रकृति हेरेर सजायको व्यस्था गर्नुपर्छ: अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले चेक अनादरको प्रवृत्ति बढ्दै गएकोले त्यसलाई नियन्त्रण गर्न जरुरी रहेको बताएका छन्। आइतबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा भएको बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफलमा उनले चेक अनादर निरुत्साहित गर्ने सँगसँगै कारबाहीको लागि कानुनमा व्यवस्था गरिने प्रवन्ध रियलस्टिक पनि हुनुपर्ने बताए।

उनले भने, ‘विधेयकको संशोधनको लक्ष्य के हो भने चेक अनादरको प्रवृद्धि बढ्दै गएको छ। त्यसलाई नियन्त्रण गर्न जरुरी छ। त्यसका निमित्त आवश्यक कानुनी प्रबन्ध पनि गर्नुपर्छ। अर्कोतर्फ चेक अनादरको विषय निरुत्साहित गर्न कानुनी तवरले काम कारवाही हुनुपर्छ। कानुनमा गरिने प्रबन्ध रियलस्टिक पनि हुनुपर्यो।’

अर्थमन्त्री पौडेलले बैङ्किङ्ग कसूरमा सजाय गल्ती र कमजोरीको प्रकृति हेरेर व्यवस्था गर्नुपर्ने बताए। उनले भने, ‘दण्ड गल्तीको कमजोरीको प्रकृति हेरेर हुनुपर्छ। दण्ड सजायको प्रवृत्ति निराधार हुनुपर्छ। यी दुई कुरामा हेक्का राख्नुपर्छ।’

 

 

प्रकाशित मिति : २०८१ भाद्र २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस