२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

संविधानमार्फत सबै समुदायको अधिकार सुनिश्चित गरेका छौं, अब समाजवादको विकल्प छैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनमा नेवाः समुदायले गरेको योगदान अविस्मरणीय रहेको बताएका छन् । १२ वर्षे रुद्रायणी मेला समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यही योगदानको फलस्वरुप संविधानमार्फत सबै समुदायको अधिकार एक हदसम्म सुनिश्चित गरेको बताए ।

उनले भने, ‘देशको आर्थिक विकास, सामाजिक सौहार्दता र संस्कृति संरक्षणको क्षेत्रमा मात्रै नभई नेवाः समुदायले देशको राजनीतिक परिवर्तनको लागि पनि ऐतिहासिक भूमिका निर्वाह गर्दै आइरहेको इतिहास छ । खासगरी १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनमा नेवाः समुदायले गरेको योगदान अविस्मरणीय छ । यही योगदानको फलस्वरुप हामीले संविधानमार्फत सबै जाति, क्षेत्र, लिंग, भाषी समुदायको अधिकार एक हदसम्म सुनिश्चित गरेका छौं ।’

अध्यक्ष प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धि हुँदै जनताले देखेको समाजवादको सपना पूरा गर्नुपर्ने बताए ।

 

प्रकाशित मिति : २०८१ भाद्र २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस