२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मेरो पारिश्रमिक २५ लाख : अभिनेत्री पूजा शर्मा

काठमाडौं । अभिनेत्री पूजा शर्माले अभिनयबाट फिल्म मेकर (निर्मात्री) को रुपमापनि फड्को मारेकी छिन् । फिल्म रावायण पूजाले निर्माण गरेको फिल्म हो । यसमा पल शाह नायक छन् । उनले यो फिल्म पल शाह स्टारर रहेको र आफू निर्माण पक्ष मात्र रहेको बताउँदै आएकी थिइन् । एक कुराकानीमा पूजाले आफ्नो पारिश्रमिकका बारेमा मुख खोलेकी छिन् ।

यहाँसम्म आइपुग्दा तपाईको पारिश्रमिक कति हो भन्न मिल्छ ? भन्ने प्रश्नमा प्रजाले भनिन्, किन नमिल्नु ! मैले पहिलो फिल्म प्रेमगीतमा तीन लाख लिएको हो, अहिले भदौंको प्रोजेक्टमा २५ लाख लिएकी छु ।

भदौंको प्रोजेक्ट भनेको पूजा आफैंले बनाएको फिल्म हो । आफूले आफैंलाई दिएको पारिश्रमिक ! धेरै प्रतिक्रिया जनाइरहेका छन् । यद्यपी पूजाले यो पारिश्रमिकमा कर कट्टा गरेको देखाइन् भने पत्याउनै पर्नेछ । तर आफ्नो फिल्ममा आफैंले बढाएको पारिश्रमिक बारे बहस भने अवश्य हुनेछ ।

 

 

प्रकाशित मिति : २०८१ भाद्र २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस