२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

म कर्मचारीको तलब एकैचौटी २५ प्रतिशत वृद्धि गरिदिने मान्छे तर २५ पैसा बढाउने स्थिति छैन : प्रधानमन्त्री ओली

२२ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चाहना हुँदाहुँदै कर्मचारीको तलब बढाउन नसकेको बताएका छन् । कर्मचारीको तलब २५ प्रतिशत वृद्धि गरिदिने चाहना रहेको तर देशको अर्थतन्त्र कमजोर भएकाले नसकेको उनले बताए । ‘म त अलिकति पैसो भयो भने एकैचौटी २५ प्रतिशत तनखा वृद्धि गरिदिने मान्छे हो, … अहिले त यस्तो स्थिति छ कि २५ प्रतिशत होइन, २५ पैसा पनि वृद्धि गर्न सकिने अवस्था छैन’, निजामती सेवा दिवसमा आयोजित कार्यक्रममा उनले भने ।

अहिले निजामती कर्मचारीले मन दह्रो बनाएर बस्नुपर्ने प्रधानमन्त्री ओलीले बताए । ‘कठिनाइहरुको सामना गरेर देशलाई अगाडि बढाऔं, अर्थतन्त्र अगाडि बढ्यो भने हाम्रो सुविधा पनि बढ्छ’, उनले भने । प्रधानमन्त्री ओलीले कर्मचारीले आफूलाई मालिकजस्तो ठान्न नहुने बताए ।

 

प्रकाशित मिति : २०८१ भाद्र २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस