२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अनुराग कश्यप पनि आइपुगे काठमाडौं, भन्छन् : नेपाली फिल्म हिन्दीभन्दा उत्कृष्ट बन्न थालेका छन्

Anurag Kashyap also arrived in Kathmandu, says: Nepali films are becoming better than Hindi

काठमाडौं । बलिउड निर्देशक अनुराग कश्यप शनिबार काठमाडौं आइपुगेका छन् । नेपाली फिल्म ‘शाम्बाला’को प्रिमियरमा सहभागि हुन उनी दिल्ली हुँदै काठमाडौं आएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शाम्बाला निर्देशक मीन भामसहितले स्वागत गरे । काठमाडौं एयरपोर्टमा उनले नेपाली फिल्मको विकासको प्रशंसा गरे ।

नेपाली फिल्म हिन्दीभन्दा उत्कृष्ट बन्न थालेको भन्दै निर्देशक कश्यपले प्रशंसा गरे । नेपाली फिल्मको निर्माणमा सघाउन आफू तयार रहेको उनले बताए ।

 

प्रकाशित मिति : २०८१ भाद्र २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस