२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हाथरसमा बस र भ्यान ठोकिँदा १७ जनाको मृत्यु

17 people died when a bus and a van collided in Hathras

काठमाडौं । भारतीय राज्य उत्तर प्रदेशको हाथरसस्थित आगरा–अलिगढ राष्ट्रिय राजमार्गमा शनिबार बस र भ्यान ठोकिँदा १७ जनाको मृत्यु भएको छ। हाथरसका प्रहरी उपरीक्षक निपुन अग्रवालले सञ्चारकर्मीलाई बताएअनुसार शुक्रबार साँझ ६ः१५ बजे रोडवेजको बस र पिकअप भ्यान आपसमा ठोकिएका हुन्।

दुर्घटनामा १७ जनाको मृत्यु भएको र १६ यात्रु घाइते भएको उनले बताए। मृतकमा ७ पुरुष, ४ महिला र ६ बालबालिका छन्। प्रहरी उपरीक्षक अग्रवालले भने, ‘घटनामा मृत्यु भएका सबैको पोस्टमार्टमपछि शव दाहसंस्कारका लागि गाउँ पठाइएको छ।’

 

प्रकाशित मिति : २०८१ भाद्र २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस