२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

देख्दैै अचम्म : ५ वटा मोटरसाइकलको नम्बर एउटै !

Seeing surprise: 5 motorcycles have the same number!

२१ भदौ, काठमाडौं । मोटरसाइकल चोरी गर्नेहरुले अर्कै नम्बर नम्बर राखेर चलाउने गरेको नयाँ होइन । तर मोटरसाइकल चोरीमा संलग्न एक व्यक्तिले आफ्नो सवारीको नम्बरलाई अरु चार वटा चोरीको बाइकमा प्रयोग गरेको खुलेको छ । मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ परेका छन्

ट्राफिक प्रहरीले से ७ प ८५६२ नम्बरको बुलेट बाइक चलाइरहेका अछामका २८ वर्षीय हिमाल खत्रीलाई बिहीबार मध्य बानेश्वरबाट नियन्त्रणमा लिएको थियो । सोधपुछका क्रममा उनको यो बाइक नेपालमा दर्ता नै नभएको खुल्यो । त्यसपछि चोरीको आशंकामा थप अनुसन्धान बढायो । त्यसक्रममा मध्यबानेश्वर बस्दै आएका अछामकै २५ वर्षीय प्रमोद कुँवर से ७ प ८५६२ नम्बरको ३५० मोटरसाइकलसहित पक्राउ परे । उनले प्रयोग गरेको यो मोटरसाइकलको वास्तविक नम्बर बागमती प्रदेश ०२–०४७ प १९७५ रहेछ ।

२८ साउनमा रानीबारीबाट हराएको भनेर रुपन्देहीका अनुज पाण्डेले ट्राफिक प्रहरीमा निवेदन दिएका थिए । चोरीको मोटरसाइकल चढेको खुलेपछि प्रहरीले उनलाई थप केरकार गर्‍यो । उनले से ७ प ८५६२ नम्बर भएको अर्को मोटरसाइकल रहेको बताए । उनकै सूचनाका आधारमा छाउनीबाट अर्को मोटरसाइकल नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वीराज खड्काले जानकारी दिए ।

त्यो मोटरसाइकलको वास्तविक नम्बर बागमती प्रदेश ०२–०३८ प ९२५३ हरेछ । र, काँडाघारी बस्ने ओखलढुंगाका उत्तमकुमार पराजुलीको यो मोटरसाइकल ललितपुरको बालकुमारी क्षेत्रबाट गत वर्ष असोजमा हराएको थियो । ट्राफिक प्रहरीले कुँवरलाई थप कारबाहीका लागि प्रहरी वृत्त लैनचौरमा बुझायो । प्रवक्ता खड्काका अनुसार नेपालमा दर्ता नै नभएको मोटरसाइकल चलाएका खत्रीलाई भने त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइयो ।

तर अनुसन्धानका क्रममा उनले से ७ प ८५६२ नम्बरको अर्को मोटरसाइकल पनि रहेको खुल्यो । से ७ प ८५६२ नम्बर प्लेट भएको मोटरसाइकल करिव एकमहिना अगाडि बेबारिसे अवस्थामा भेटिएको रहेछ । अनुसन्धानका क्रममा यो मोटरसाइकलको बास्तबिक नम्बर बा।प्र।०२–०२२ प ५०७८ भएको भएको खुल्यो । बागबजारका हितेश तण्डुकारले सिफल एरियाबाट आफ्नो हराएको भनी ट्राफिक प्रहरीमा निबेदन दिएका रहेछन् ।

एकपछि अर्को मोटरसाइकल एउटै नम्बरको भेटिएपछि प्रहरीले से ७ प ८५६२ नम्बरको मोटरसाइकल कसको रहेछ भने खोज्यो । त्यसक्रममा अछामका हिमाल खत्रीको भएको देखियो, जो बानेश्वरबाट बिहीबार पक्राउ परेका थिए । उनले आफ्नो मोटरसाइकलको बास्तबिक ब्लुबुकलाई प्रयोग गरेर अन्य मोटरसाइकल समेत प्रयोग गर्ने गरेको खुलेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस