२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सांसदहरूले मागे आफ्ना पीए र ड्राइभरहरुका लागि दशैं भत्ता, कानूनमा छैन व्यवस्था

२० भदौ, काठमाडौं । प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूले सांसदहरूका स्वकीय सचिव (पिए) लाई दशैं र महङ्गी भत्ता दिन ग आग्रह गरेका छन् । उनीहरुले बिहीबार संघीय संसद सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयलाई भेटेर ध्यानाकर्षण गराएका हुन् । भेटमा सहभागी नेताहरूले सांसदहरूका लागि नभए पनि पीए र ड्राइभरका लागि दशैं भत्ता दिनुपर्ने बताएका हुन् ।

महासचिव पाण्डेले ‘औपचारिक रुपमा माग भएर आए आफूले अर्थ मन्त्रालय पठाइदिने’ जवाफ दिए । संघीय संसद सचिवालयसँग बजेट नरहेको उल्लेख गर्दै उनले यो विषयमा अर्थ मन्त्रालयले बजेट व्यवस्था गर्नुपर्ने र आवश्यक निर्णय मन्त्रिपरिषदले गर्नुपर्ने सुझाएको संसदका एक अधिकारीले जानकारी दिए । संसद सचिवालयका अनुसार सांसदका पीए र ड्राइभरका लागि दशैं भत्ता र महङ्गी भत्ता दिने कानूनी व्यवस्था छैन । २०७७ सालसम्म सांसदहरूले दशैं भत्ता पाउने गरेका थिए ।

कोभिड– १९ को महामारीको समय (२०७८) मा सांसदहरूले दशैं भत्ता लिएको भनेर सार्वजनिक रुपमा प्रश्न उठेको थियो । त्यसबेला सांसदहरूले लिइसकेको दशैं भत्ता फिर्ता गरेका थिए । त्यसयता सांसदहरूले दशैं भत्ता पाउन छाडेका छन् । त्यसभन्दा अगाडिसम्म सांसदहरूले मन्त्रिपरिषदको निर्णयका आधारमा दशैं भत्ता पाएका थिए । रोकिएपछि फेरि मन्त्रिपरिषदले निर्णय नगरेको र यससम्बन्धी कानुनी व्यवस्था नभएकाले सांसदहरूले दशैं भत्ता नपाएको संसद सचिवालयका अधिकारीहरू बताउँछन् ।

प्रकाशित मिति : २०८१ भाद्र २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस