२०८१ कार्तिक ३० गते शुक्रवार | 2024 November 15th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गण्डकीमा एमालेको भागका ४ मन्त्रीको नाम टुंगो लाग्यो, आजै शपथ ग्रहण

The names of 4 ministers from UML's part in Gandak

१७ भदौ, पोखरा । नेकपा (एमाले)ले गण्डकी प्रदेशमा मन्त्री हुने ४ जनाको नाम टुंग्याएको छ । बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाशबहादुर केसी, पर्वतका मित्रलाल बस्याल, नवलपुरकी पद्मा जिसीको नाम एमाले टुंग्याएको स्रोतले बताएको छ । उनीहरुको आजै शपथ ग्रहणको तयारी छ ।

पाठक र केसी खगराज अधिकारी निकट तथा बस्याल र जिसी पृथ्वीसुब्बा गुरुङ निकट मानिन्छन् । गुट र भूगोलसमेत मिलाएर दलका नेता अधिकारीले आज बिहानमात्रै नाम टुंगो लगाएको उनी निकट स्रोतले बतायो । गण्डकीमा एमालेभित्र स्थायी कमिटी सदस्य खगराज र उपहासचिव पृथ्वीसुब्बा समूहको गुटगत राजनीति छ ।

संसदीय दलका नेता खगराज अधिकारीले यसपटक मन्त्रीमा कुनै अनुहार नदोहोरिने बताएका थिए । आइतबारमात्र बसेको मन्त्रिपरिषदको बैठकले मन्त्रालयको कार्यक्षेत्र टुंग्याउँदै संख्या पनि ९ बनाएपछि एमालेले पनि मन्त्री हुनेको नाम टुंगो लगाएको हो । पर्वतका बस्यालले प्रदेश सभाको ज्येष्ठ सदस्य भएर सभाध्यक्षको भूमिकासमेत निर्वाह गरेका थिए । उनी पृथ्वी सुब्बा गुरुङ निकट हुन् । नवलपुरकी पद्मा जिसी एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पक्षधर हुन् । यसअघि नै मन्त्री बन्ने चर्चा थियो ।

यसैगरी बागलुङका पाठक खगराज निकट हुन् । उनी प्रदेश सभामा खरो प्रस्तुति राख्ने सांसदका रुपमा चिनिन्छन् । उनलाई यसपटक मन्त्री बनाउन निकै दबाब आएको एमालेका सांसदहरुले बताउँदै आएका थिए । प्रकाशबहादुर केसी राप्रपाबाट एमाले प्रवेश गरी खगराजकै जोडबलमा समानुपातिक सांसद बनेका हुन् । केसी यसअघि राप्रपा कोटाबाटै खाद्य संस्थानको महाप्रबन्धकसमेत भएका थिए । केसीलाई मन्त्री बनाउने भएसँगै नेता खगराजमाथि एमाले सांसदबाटै असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

२२ जना सदस्य रहेका एमालेबाट मन्त्री हुनेमा धेरै जना आकांक्षी थिए । तर ४ जना मन्त्रीको नाम टुंगो लगाइसकेको बताउँदै अधिकारीले भने, ‘नाम र मन्त्रालयपछि पछिमात्र सार्वजनिक गर्छौं । गण्डकीमा ९ मन्त्रालयमध्ये मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई साथ दिने नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई पनि कांग्रेस कोटामै राखेर एमालेलाई ४ मन्त्रालय दिइएको छ ।’

 

प्रकाशित मिति : २०८१ भाद्र १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस