२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

धादिङमा पहिरो खसेपछि पृथ्वीराजमार्ग प्रभावित

१७ भदौ, धादिङ । धादिङको गजुरीमा पहिरो खसेपछि पृथ्वीराजमार्ग प्रभावित भएको छ । गजुरी गाउँपालिका–६ बेल्खुस्थित सडकमा माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक एकतर्फी मात्रै सञ्चालन भएको छ ।

बिहान ८ बजे सडकमा लेदो माटो खसेपछि सवारीसाधन आवागमन प्रभावित भएको ‍इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार अहिले सडकमा खसेको लेदो हटाउने काम भइरहेको छ ।

सुरक्षाकर्मी र सडक विभागको टोलीले डोजरको प्रयोग गरेर लेदो हटाइरहेको प्रहरीले जनाएको छ । सडक केही समयमै पूर्णरुपमा सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २०८१ भाद्र १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस