२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आजपनि घट्यो सुनचाँदीको मूल्य

Today Gold price in Nepal

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ। आज सुन तोलामा छ सय रुपैयाँले घटेर १ लाख ५२ हजार ३०० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ९ सय रुपैयाँ कायम भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य २५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुन र चाँदीको मूल्य शुक्रबारपनि घटेको थियो ।

 

प्रकाशित मिति : २०८१ भाद्र १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस