२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ललितपुरमा अचानक ब्रेक नलागेपछि दुर्घटनामा पर्‍यो एमजी जेड एस ईभी

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–५, टिकाथलीमा एमजी ब्रान्डको विद्युतीय गाडी दुर्घटनामा परेको छ । ०२९च ६७४५ नम्बरको गाडी उकालो चढ्ने क्रममा अनियन्त्रित भई सामान्य दुर्घटनामा परेको हो ।

स्थानीय प्रहरीका अनुसार वडा कार्यालय नजिकैको उकालो सडकमा ब्रेकले काम नगर्दा गाडी पछाडि फर्किएर पर्खालमा ठोक्किएको थियो । चालक विशाल कट्टेल सकुशल रहेको र दुर्घटनाबाट गाडीको पछाडिको सिसा फुट्नुका साथै केही भागमा क्षति पुगेको प्रहरीले जनाएको छ । तस्बीर : लेखनाथ पोखरेल

प्रकाशित मिति : २०८१ भाद्र १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस