२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

२८ वर्षदेखि मर्यो भनेर काजकिरिया सकेका तिलबहादुरले मागेको पैसाबाट बनाए आश्रम, ५८ जनाका बुवा !

काठमाडौं । ३५ बर्षदेखि घरबाट बेपत्ता प्रकाश प्रकाश तामाङको चर्चा खुबै छ । प्रधानमन्त्रीदेखि देश विदेशले पूरा साथ दिएको छ । तर यस्तै एक व्यक्ति हामी यहाँ प्रस्तुत गरिरहेका छौं । २८ वर्षदेखि बेपत्ता भएका र मर्यो भनेर परिवारले काजकिरिया गरेका तिल बहादुर कार्की आज मानव समुदायकै उदाहरण हुनुहुन्छ ।

९ वर्षको उमेरमा पाँचथरदेखि बेपत्ता हुनुभएका तिलबहादुर २५ वर्षसम्म पशुपतिमा मागेर बस्नुभयो । २५ वर्षसम्म मागेर जम्मा गरेको पैसाले आश्रम खोल्नुभयो । अहिले उहाँ ५८ जनाका बुवा बन्नुभएको छ ।

५८ जनालाई आश्रय दिनुभएको छ । उहाँका खुट्टाका दुबै पैताला माथी फर्किएका छन् । हात र खुट्टाका गरेर २४ औला छन् । अहिलेपनि उहाँ मागेर, साथ सहयोगबाट आश्रम चलाइरहनुभएको छ । आफू त बेघर बनेर भौतारिदै हिँड्नुपर्यो । त्यस्ता अरुलाई त्यो पीडा नहोस् भनेर यो साहस गरेको उहाँको भनाई छ ।

आश्रय केन्द्रसँगै उहाँले त्यही गाईबस्तु पाल्नुभएको छ । तरकारी खेती लगाउनुभएको छ । उहाँको भेट आफन्तहरुसँग भने २८ बर्षमा भएको हो । अपाङ्ग छोरा जन्माएको भन्दै आमा र छोरालाई नै बारम्बार अपमान, हिंसा गरेको उहाँले बताउँनुभयो । ९ बर्षको उमेर हुँदा आमालाई अलछिनी आईमाईले अपाङ्ग छोरा जन्माइ, यस्तो अपाङ्गता सर्छ भनेर आमालाई गाउँ निकाला गरेको देखेपछि आफू मरे बरु आमालाई सहज हुन्छ भनेर मर्न निस्किएको उहाँले बताउनुभयो । यसो भनिरहँदा सुन्दा मात्र हामी स्तब्ध भयौं ।

प्रकाशित मिति : २०८१ भाद्र १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस