२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हङकङका शुक्लाले गरे टी–२० आईमा २४ बल नै डट

१५ भदौ, काठमाडौं । हङकङका तीव्र गतिका बलर आयुश शुक्लाले टी–२० आईमा मंगोलियाविरुद्ध चारै ओभर (२४ बल) मेडन फ्याकेका छन् । मलेसियामा जारी आईसीसी टी–२० विश्वकप एसिया छनोट ए अन्तर्गत शनिबार दिउँसो भएको खेलमा आयुष शुक्लाले ४ ओभरमा ४ रनै मेडन राख्दै १ विकेट लिएका थिए ।

उनी टी-२० आईमा चार ओभरमा चार नै मेडन राख्ने तेस्रो खेलाडी हुन् । यसअघि गत असारमा आईसीसी टी-२० विश्वकपमा न्युजिल्यान्डका तीव्र गतिका बलर लोकी फर्गुसनले पपुवा न्युगिनी तथा सन् २०२१ मा क्यानडाका स्पिनर साद विन जाफरलजे पानमाविरुद्ध चारै ओभर मेडन राखेका थिए ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मंगोलिया १४.२ ओभरमा १७ रनमा अल आउट भएको थियो । हङकङले उक्त लक्ष्य मात्रै १.४ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको थियो । प्रतियोगितामा हङकङ, मलेसिया, कुवेत, सिंगापुर, माल्दिभ्स, म्यानमार र मंगोलिया छन् ।

राउन्ड रोविनको आधारमा हुने उक्त प्रतियोगिता शीर्ष दुई टोली आईसीसी विश्वकप एसिया– इएपी फाइनलमा स्थान बनाउनेछन् । नेपाल, ओमान र पपुवा न्युगिनीले भने सोझै आईसीसी विश्वकप एसिया–इएपी फाइनलमा स्थान बनाई सकेका छन् । यस छनोटबाट शीर्ष तीन टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा हुने टी२० विश्वकप खेल्न पाउनेछन् ।

 

प्रकाशित मिति : २०८१ भाद्र १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस