२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

स्टार खेलाडीकै तलब जम्मा ३० हजार, एन्फा महासचिवलाई २ लाख ७० हजार

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टिमका खेलाडीसँगै महासचिवको तलब बढाउने निर्णय गर्‍यो । भदौ ११ र १३ मा बसेको बोर्ड बैठकले खेलाडीको तलब १८ हजारबाट सर्वोत्कृष्टको जम्मा ३० हजार पुर्‍याउने निर्णय गर्‍यो । सँगसँगै एन्फा महासचिव किरण राईको तलब १ लाख २० हजारबाट बढाएर झण्डै दुई लाख ७० हजार (२ हजार अमेरिकी डलर) बनाउने निर्णय गर्‍यो ।

एन्फा अध्यक्षमा पंकजबिक्रम नेम्वाङ निर्वाचित भएर आएसँगै २०७९ असार ८ मा पहिलो बैठकमै राईलाई महासचिवमा नियुक्त गर्ने निर्णय गरेका थिए । दुई वर्षपछि राईको तलब बढाउने प्रस्ताव पनि पंकजले नै ल्याएका छन् । ‘महासचिवको तलब बढाउने आधार एउटा कामको मुल्याङ्कन हो । अर्को उहाँलाई आर्थिक रुपमा कमी नहोस् भनेर हो’, एन्फा अध्यक्ष नेम्वाङले भनेका छन् ।

तर फुटबल विश्लेषकहरु भने महासचिवमा राई असक्षम पदाधिकारी बताउँछन् । उनी आएदेखि नेपाली फुटबल चलायमान हुन सकेको छैन । राइ महासचिव बनेदेखि ए र सी डिभिजन लिग प्रतियोगिता एक पटक मात्रै भएको छ । बी डिभिजन लिग हुन सकेको छैन ।

 

प्रकाशित मिति : २०८१ भाद्र १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस