२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आयल निगमका कर्मचारी वर्माको हत्या, सहकर्मी पक्राउ

जनकपुरधाम । नेपाल आयल निगम, धनुषा महेन्द्रनगर इन्धन डिपोमा कार्यरत कर्मचारी राकेश कुमार वर्माको हत्या भएको छ। सिरहा नगरपालिका ३ घर भई डिपोमा कार्यरत वर्माको आज विहान बेल्चाले हानेर त्यही कार्यरत अर्का कर्मचारीले हत्या गरेका हुन्।

उनको कर्मचारी प्रकाश यादवले हत्या गरेको प्रहरीले जनाएको छ । यादव धनुषाको सबैला नगरपालिका १० छन् । धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले आज विहान करिब १० बजे वर्माको हत्या भएको जानकारी दिए । हत्यामा संलग्न प्रकाशलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको उनले बताए ।

मृतक वर्माको शव अहिले घटनास्थलमै छ । स्रोतका अनुसार सरसफाईको विषयमा वर्मा र यादवबीच हिजो कार्यालयमै विवाद भएको थियो । सोही निहुँमा उनको हत्या गरिएको हुन सक्ने प्रहरीले जनाएको छ । मृतक वर्मा क्लिकमाण्डु डटकमका बरिष्ट उपसम्पादक राजेश वर्माका भाई हुन् ।

घटनाबारे पत्रकार वर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जागिरको क्रममा सहमति असहमति हुन्छ, तर असहमति हुँदैमा कसैको ज्यान नै लिनु निक्कै ठूलो अपराध हो । आज मेरो आफ्नो भाई यो संसारमा रहेन ।’

 

प्रकाशित मिति : २०८१ भाद्र १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस