२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठक आज बस्दै छ । दिउँसो एक बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक सुरु हुनेछ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सचिवालय बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावसम्बन्धी कार्यसूची तय गरिएको छ । यसअघि बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकको एजेन्डा तय गरेको थियो । पार्टी महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बसेको सो बैठकमा तीन उपमहासचिव र ६ जना सचिव सहभागी हुनुहुन्थ्यो ।

 

प्रकाशित मिति : २०८१ भाद्र १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस