२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सरकारको २८औं मुख्यसचिवमा अर्याल नियुक्त, एनसेललाई सुविधा दिने सरकारकाे निर्णय

काठमाडौं । सरकारले २८औं मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । हाल गृहसचिव रहेका अर्याललाई बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव नियुक्त गरेको हो ।

मुख्यसचिव लिलादेवी गड्तौला ५८ वर्षे उमेर हदका कारण भदौ १५ गते अनिवार्य अवकाशमा जाँदैहुनुहुन्छ ।

मुख्यसचिवका लागि राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवाली, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

यसैगरी सरकारले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नवीकरण शुल्क ४ किस्तामा बुझाउने सुविधा दिने निर्णय गरेकाे छ । ५ वर्षका लागि नवीकरण गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : २०८१ भाद्र १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस