२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एकाबिहानै एल साल्भाडोरमा शक्तिशाली भूकम्पको धक्का

काठमाडौं । विश्वभर भूकम्पका घटना दिनानुदिन बढिरहेका छन् । विश्वका विभिन्न ठाउँमा हरेक दिन एकभन्दा बढी भूकम्प गइरहेका छन् । कुनै साना कम्पन छन्, त कुनै ठूला धक्का । आज बिहीबार एल साल्भाडोरमा शक्तिशाली भूकम्प गएको छ । जसको तीव्रता रिक्टर स्केलमा ६.१ थियो।

एल साल्भाडोरको ला लिबर्टाडबाट ६० किलोमिटर दक्षिणपश्चिममा केन्द्रबिन्दु बनाएर यो भूकम्प गएको हो । नेपाली समय अनुसार बिहान ३ बजेर १२ मिनेटमा भूकम्प गएको हो । युनाइटेड स्टेट्स जियोलोजिकल सर्भेले पनि एल साल्भाडोरमा आज आएको भूकम्पको पुष्टि गरेको छ ।

घर र भवनहरू हल्लिए, मानिसहरू डरले बाहिर भागे
एल साल्भाडोरमा भूकम्पका कारण घर र भवनहरू बेस्सरी हल्एिका छन् । जसका कारण मानिसहरु डरले बाहिर निस्कन बाध्य भएका छन् । भूकम्पका कारण कतिपय घर तथा भवनका पर्खालमा स–साना दरार पनि परेको देखिएको छ । भूकम्पको धक्का प्रभावित क्षेत्र र आसपासका केही क्षेत्रमा महसुस गरिएको थियो । तर, यस भूकम्पबाट कुनै मानवीय क्षति भने अहिलेसम्म भएको छैन ।

भूकम्पका घटनामा वृद्धि हुनु चिन्ता
विश्वभर भूकम्पको प्रकोप बढ्दै गएको छ । कतिपय भूकम्पले कुनै क्षति गर्दैन तर पछिल्ला केही महिनामा कतिपय भूकम्पले ठूलो क्षति पु¥याएको देखिएको छ । गत वर्ष टर्की, सिरिया, मोरक्को, अफगानिस्तान, नेपाल र चीनमा पनि भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो । यसै वर्ष जनवरी १ मा जापानमा गएको भूकम्पले पनि ठूलो जनधनको क्षति गरेको थियो । मार्च २४ मा पपुवा न्युगिनीमा गएको भूकम्पले पनि क्षति पु¥याएको थियो । अप्रिल ३ मा ताइवानमा गएको भूकम्पले पनि केही क्षति पु¥याएको थियो । सबै भूकम्पले विनाश नदिने भए पनि भूकम्पका घटनामा वृद्धि हुनु चिन्ताको विषय हो ।

 

प्रकाशित मिति : २०८१ भाद्र १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस