२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

समयले समाजवादी क्रान्तिको अगुवाइ गर्ने अभिभारा हाम्रो पार्टी नेकपा एसको काँधमा ल्याएको छ : झलनाथ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले देश समाजवादी क्रान्ति र रूपान्तरणको बाटोमा अघि बढिरहेको बताउनुभएको छ । पार्टीबाट नवनिर्वाचित सबै पदाधिकारीहरूलाई बधाई दिँदै पार्टीको दशौँ राष्ट्रिय महाअधिवेशन एकता र अग्रगामी महाधिवेशनका रूपमा सम्पन्न भएको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘नेपाली समाजवादी क्रान्तिको कार्यक्रम नेपाली विशेषताको समाजवादी कार्यक्रम सर्वसम्मत रूपले पास गरेको छ । त्यो ऐतिहासिक लक्ष्यलाई प्राप्त गर्ने क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तलाई समेटिएका दस्ताबेजहरू पनि सहमतिको साथ पास गर्नुका साथै पार्टीको केन्द्रीय कमिटी पनि सहमतिका साथ नै निर्वाचित गरेको छ । त्यस पछि हिजो मात्र हामीले केन्द्रीय कमिटीका बाँकी पदाधिकारीहरूको पनि विधिपूर्वक निर्वाचन गरेका छौँ ।’

देश समाजवादी क्रान्ति र रूपान्तरणको बाटोमा अघि बढिरहेको उल्लेख गर्दै पार्टीले समाजवादी कार्यक्रम र कार्यदिशा पारित गरेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो, ‘त्यसलाई बहन गर्न र सही क्रान्तिकारी दिशामा अघि बढाउन हाम्रो पार्टीका नवनिर्वाचित पदाधिकारीहरूले हर प्रकारले दृढ, सृजनशील र योजनाबद्ध रूपले भूमिका खेल्नुपर्नेछ । इतिहास, समय र परिस्थितिले नेपालको समाजवादी क्रान्ति र रूपान्तरणको अभियानलाई अगुवाइ गर्ने ऐतिहासिक अभिभारा हाम्रो पार्टीको काँधमा नै आएको छ ।’

नवनिर्वाचित पदाधिकारीहरू र सिङ्गो केन्द्रीय कमिटीका सदस्यहरूले यो जिम्मेवारी संकल्पबद्ध, योजनाबद्ध, दृढ र एकताबद्ध भएर पूरा गर्न उहाँको आग्रह थियो ।

 

प्रकाशित मिति : २०८१ भाद्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस