काठमाडौं । नेकपा एसको पदाधिकारी चयनका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । परिणाम अनुसार मेटमणि चौधरी १५८ मतसहित विजयी हुनुभएको छ । यो अन्य प्रतिस्पर्धीभन्दा सबैभन्दा बढी मत हो ।
यस्तै रामकुमार खड्का र गरिमा शाह समान १०७ मत पाएर विजयी हुनुभएको छ । राजेन्द्र राईले १०६ मत पाउनुभएको छ । ४ उपमहासचिवका लागि १९ जनाको उम्मेदवारी परेको थियो ।