२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

खाल्डोमै खस्न थाल्यो सेयर बजार : कारोबार रकममा उच्च गिरावटसँगै नेप्से २७८६ अंकमा

१२ भदौ, काठमाडौं । बुधबार सेयर बजार तीव्र उतारचढावबीच अन्ततः सामान्य अंक बढेको छ । कारोबार सुरु भएपछि सवा १२ बजे बजार बढेर २८६० अंकसम्म पुगे पनि त्यो वृद्धिमा टिक्न सकेन । अन्ततः बजार २७८६ अंकमा बन्द भयो । जुन अघिल्लो दिनको तुलनामा ३.८ अंक बढेको हो । दिउँसो २ : ०४ बजे बजार २७६२ अंकसम्म झरेको थियो ।

बजार सामान्य अंक बढ्दा कारोबार रकममा भने उच्च गिरावट आएको छ । अघिल्लो दिन १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज १३ अर्ब ७२ करोडमा खुम्चियो ।

यस दिन बैंकिङ समूहको सूचक ०.९२, होटल तथा पर्यटन ०.०९, हाइड्रोपावर ०.४९, लगानी १.०१, उत्पादन ०.०३, अन्य ०.०९ प्रतिशत बढे । विकास बैंक ०.८०, फाइनान्स १.६९, जीवन बीमा ०.४४, माइक्रोफाइनान्स १.०८, निर्जीवन बीमा ०.९७ तथा व्यापार समूह १.४३ प्रतिशत घटे ।

९८ कम्पनीको मूल्य बढ्दा १४२ कम्पनीको घटेको छ भने ४ को स्थिर रह्यो । यस दिन लिबर्टी इनर्जी, हिमालयन हाइड्रोपावर, मिडसोलु हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त तथा माइखोला हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।

पिपुल्स हाइड्रोपावरको ९, थ्रीस्टार हाइड्रोपावरको ७.७, एचआईडीसीएलको ५.६ प्रतिशत मूल्य बढ्यो । कर्णाली विकास बैंकको ६.८, स्वरोजगार लघुवित्तको ५.१, अपरसोलु हाइड्रोको ५.१ तथा मल्टिपर्पस फाइनान्सको ४.९ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा भने चन्द्रागिरि हिल्स, नेपाल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, अपी पावर, अरुणभ्याली हाइड्रोपावर क्रमशः अगाडि रहे ।

 

प्रकाशित मिति : २०८१ भाद्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस