२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दुबईमा मृत भेटिए अर्घाखाँचीका कृष्ण पाण्डे, शव ल्याइदिन सरकारसँग परिवारको आग्रह

काठमाडौं । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–०७ काउलेका २४ बर्षे कृष्ण पाण्डे यूएईमा मृत फेला पर्नुभएको छ । सोमबार पाण्डेलाई दुवईको सडक छेउमा मृत भेटिएको दुबई प्रहरीले जनाएको छ ।

पाण्डे दुई वर्षअघि भिजिट भिषामा दुबई पुग्नुभएको थियो । उहाँ दुबईस्थित एक होटलमा काम गर्दै आउनुभएको थियो । तर तीन महिनाअघि होटलको काम छोडेर बस्नुभएका उहाँ मृत भेटिनुभयो ।

भिजिट भिसामा जानुभएका कारण उहाँको शव नेपाल ल्याउन अहिले समस्या भएको छ । अर्कोतर्फ परिवारको आर्थिक अवस्था समेत कमजोर भएका कारण शव ल्याउन नसकिएको मृतकका दाई प्रकाश पाण्डेले बताउनुयो । ‘परिवारको आर्थिक अवस्था कमजोर छ । भिजिटमा गएकाको सरकारले उद्धार गर्दैन भन्ने सुनेका छौँ’, प्रकाशले भन्नुुभयो, ‘बाबुको उपचारको चिन्ता अर्कोतर्फ छ । भाई त आएन, कम्तीमा शव भएपनि नेपाल ल्याउन सहयोग गरिदिन सरकारसँग आग्रह गछौँ ।’

दाई प्रकाश पाण्डेका अनुसार बाबुको उपचारका निम्ती उहाँका आमा, बुबा र कृष्णकी श्रीमती र छोरी भारतमा हुनुहुन्छ ।

 

प्रकाशित मिति : २०८१ भाद्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस