२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एकैदिन ह्वात्तै बढ्यो सुनको मूल्य : अहिलेसम्मकै ऐतिहासिक उचाई !

gold price today nepal

काठमाडौं । बुधबार सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । यस दिन सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर हालसम्मकै सर्वाधिक उचाई बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ ।

मंगलबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यसभन्दा अघि भदौ ५ गते बुधबार एक लाख ५३ हजार रुपैयाँको उचाईमा थियो । उक्त मूल्यलाई ब्रेक गर्दै आजको बजारमा सुनको मूल्यले ऐतिहासिक उचाई बनाएको हो ।

यसैगरी, चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ८५५ रुपैयाँमा खरिदबिक्री भईरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ८५० रुपैयाँमा किनबेच भएको थियो।

 

प्रकाशित मिति : २०८१ भाद्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस