२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विद्युतीय कारमा बारम्बार आगलागी : बिक्रि नहुने डरमा लुकाइन्छ घटना

काठमाडौं । गत बर्ष पुषमा एमजी मोटर्सको विद्युतीय कार जेडएस ईभीमा चार्जिङ गर्दा गर्दै आगलागी भयो । आगलागीले गाडी जलेर ध्वस्त भएको भयो । धन्न जीवनभर जोडेका भौतिक सम्पत्ति जोगिए । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–३ देउवा चोक नजिकै भएको यो घटनामा बागमती प्रदेश–०१ ०२७ च १५८१ नम्बरको गाडी जलेको थियो ।

विद्युतीय कार नबिक्ने डरमा घटना गुपचुप राख्न खोजियो । नेपालका लागि एमजी मोटर्सको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स हो । उसले शक्ति र पैसा नै प्रयोग गरेर घटना लुकाउन खोज्यो ।

यसैगरी दक्षिण कोरियाली कार उत्पादक कम्पनी हुन्डाईले उत्पादन गरेको विद्युतीय कार कोनामा आगलागी समस्या देखियो । विश्वभर नै धेरै घटना भए । त्यसपछि कम्पनीले कोरियासँगै युरोप, अमेरिका, चीन तथा अन्य बजारमा बिक्री भएका हजारौँ कोना विद्युतीय कार फिर्ता लिने निर्णय गरेको छ। लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईका गाडी नेपाल भित्र्याएको छ । हामी सचेत हुन जरुरी छ ।

 

प्रकाशित मिति : २०८१ भाद्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस