२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बिरोध र रामकुमारी झाँक्री हार्दा माधव नेपालको हर्ष बढाई

काठमाडौं, भदौ १२ । पदाधिकारी चुनावमा आफ्नो आलोचना गर्ने हस्तीलाई ढाल्न सफल भएको भन्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हर्ष बढाई गरिरहेको खुल्न आएको छ । पदाधिकारीमध्ये उपाध्यक्षमा रामकुमारी झाँक्री र बिरोध खतिवडा हारेपछि माधव निकै खुशी बन्नुभएको छ एक पदाधिकारीले जानकारी दिनुभयो ।

निर्वाचनमा महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित हुनुभएको छ । माधवले जयन्ती राईलाई मत हाल्न चिट बाँडेर रामकुमारीलाई हराउनु भएको हो । एकीकृत समाजवादीको सचिव रहनुभएकी झाँक्री जयन्ती राईसँग उपाध्यक्षमा पराजित हुनुभएको हो ।

एमाले विभाजनको बेला माधव नेपालको हात समाएर निर्वाचन आयोगमा दल दर्ताका लागि पुर्याउँदा झाँक्रीको चर्चा निकै बढेको थियो । एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीकी सचिव झाक्री गएको प्रतिनिधि सभाको निर्वाचनमा माओवादी र कांग्रेको साथ पाएपनि एमाले सचिव गोकर्ण विष्टसँग पराजित हुनुभएको थियो ।

यस्तै पूर्वमन्त्री बिरोध खतिवडा पनि उपाध्यक्षमा पराजीत हुनुभएको छ । माधव हराउन लागेपछि उहाँ पराजीत हुनुभएको हो । खतिवडा र झाँक्री हारेपछि अध्यक्ष नेपालले जीवनकै ठूलो र निकै आनन्द मिलेको भन्दै सेलिब्रेट गर्नुभएको उहाँ निकट एक नेताले खुलाउनुभयो ।

एकीकृत समाजवादीले पहिलो पटक गरेको महाधिवेशनलाई १० औं महाधिवेशनको नाम दिएर भएको महाधिवेशन हलबाट माधवकुमार नेपाललाई अध्यक्ष, घनश्याम भुसाललाई महासचिव र झलनाथ खनाललाई सम्मानीत नेतामा दोहोर्याएर घोषणा भएको थियो । सहमतिबाट पदाधिकारी चयन गर्ने भनिए पनि सफल हुन नकसेपछि मंगलवार निर्वाचन भएको थियो । उम्मेदवार मनोनयन गरेपनि मंगलबार घनेन्द्र बस्नेतले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसम्मत हुनुभएको थियो ।

 

प्रकाशित मिति : २०८१ भाद्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस