२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त

१२ भदौ, काठमाडौं । नेपाली सेनाको प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले २४ भदौदेखि लागू हुने गरी उहाँलाई प्रधान सेनापतिमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल २४ भदौमा समाप्त हुँदैछ । कार्यकाल समाप्त हुनु एक महिनाअघि उहाँ बिदामा बस्नुभएकाले हाल सिग्देल कायम मुकायम प्रधान सेनापति हुनुहुन्छ ।

 

प्रकाशित मिति : २०८१ भाद्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस