२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

१० लाखको लोभ देखाएर कोलकाता पुर्‍याएर मिर्गौला झिकियो, २ जना पक्राउ

After showing greed of 10 lakhs, he was taken to Kolkata and the kidney was removed

काठमाडौं । विभिन्न प्रलोभनमा भारतको कोलकाता पुर्‍याएर मिर्गौला झिकेको आरोपमा २ जना पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले पीडितको उजुरीपछि दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–८ घर भएका ३७ वर्षीय शंकर खत्री र मकवानपुर भीमफेदी गाउँपालिका–२ घर भएकी ४२ वर्षीया शान्तिमाया घलान रहेका छन् ।

उनीहरूले पीडितलाई मृगौला बिक्री गरेमा १० लाख कमाउन सकिने लोभ देखाएर लगेको ब्युरोले बताएको छ । प्रहरीका अनुसार गिरोहले पीडितको स्वास्थ्य परीक्षण गराई काठमाडौंबाट वीरगञ्ज हुँदै भारतको कलकत्ता पुर्‍याएका थिए ।

थप अनुसन्धानको क्रममा मिर्गौला प्रत्यारोपण गर्नुपर्ने व्यक्तिको एकाघर परिवारभित्रको व्यक्ति भन्ने विश्वास दिलाउन नेपाली नागरिकताको प्रमाणपत्र समेतका कागजात झुट्टा बनाई धाकधम्की दिएको पनि उनीहरूमाथि आरोप छ ।

दुवैजनालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ९ दिन म्याद थप अनुमति लिई प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : २०८१ भाद्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस