२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रिमियर लिगमा लिभरपुलको लगातार दोस्रो जित

Liverpool's second win in a row in the Premier League

१० भदौ, काठमाडौं । प्रिमियर लिगमा लिभरपुलले ब्रेन्टफोर्डलाई २-० ले पराजित गरेको छ । नयाँ सिजन लिगमा लिभरपुलको यो लगातार दोस्रो जित हो । घरेलु मैदान एनफिल्डमा गएराति भएको खेलमा लिभरपुलका लागि लुइस डियाज र मोहमद सालाहले गोल गरे ।

खेलको १३औं मिनेटमा डियाजले डिएगो जोटाको पासमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । डियाजकै असिस्टमा सालाहले ७०औं मिनेटमा लिभरपुलका लागि दोस्रो गोल गरे ।

नयाँ सिजन लिभरपुलसहित साविक विजेता म्यानचेष्टर सिटी, ब्राइटन र आर्सनलले मात्र शतप्रतिशत खेल जितेका छन् । चारै टोलीको समान ६ अंक छ । तर गोलअन्तरमा सिटी शीर्ष स्थानमा छ । ब्राइटन दोस्रो र आर्सनल तेस्रो स्थानमा रहँदा लिभरपुल चौथो स्थानमा उक्लेको छ ।

 

प्रकाशित मिति : २०८१ भाद्र १० गते सोमवार
प्रतिक्रिया दिनुहोस