२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

वित्तीय पूँजीवादले दक्षिण एसियामा उथलपुथल, ओलीबाट जङ्गी सुधार : महासचिव पोखरेल

General Secretary

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विकास र समृद्धिका लागि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले काम गर्दा सत्ता नै छोड्नु परेको स्मरण गर्नुभयो । देशका सिण्डिकेट च्यात्न खोज्दा पूजीको खेल गर्नेहरु सडकमा आएको, छिमेकीसँग समान नीति लागू गर्दा सत्ता छोड्नु पर्ने अवस्थासँगै पार्टी नै फुटको क्षति भएको उहाँको भनाई थियो । तर देशका लागि जङ्गी सुधार गर्न कसै न कसैले आँट गर्नेपर्ने आवश्यक रहेकाले त्यो एमाले अध्यक्षले मात्र सक्ने उहाँको दाबी थियो ।

एमाले केन्द्रीय प्रचार विभागको १३ औं बैठकलाई सम्वोधन गर्दै उहाँले क्रान्तिमा च्याम्पियन भए पनि लोकतन्त्रको व्यवस्थापनमा कानून र संविधानमा केही कमजोरी रहेको उल्लेख गर्नुभयो ।

उहाँले जनमतकै आधारमा जङ्गी सुधार गर्न सकिने भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली दोस्रो कार्यकाल प्रधानमन्त्री हुँदा जङ्गी सुधारका कार्य अघि बढाएको स्मरण गराउनुभयो । त्यतिबेला जङ्गी सुधारको अभियानका विरुद्धमा सिन्डिकेट चलाइरहेकाहरु, ठेक्कापट्टाका काम गर्नेहरु र सुधारका अभियान चलाउँदा आफूहरुलाई घाटा हुन्छ भन्ने ठान्नेहरुले सुधार नचाहेको उहाँले बताउनुभयो । जनतालाई भड्काउने काम गरेर जङ्गी सुधारमा अवरोध गरेको पनि उहाँको दाबी थियो ।

महासचिव पोखरेलले वित्तीय पूँजीवादको होडवाजीले दक्षिण एशियाको राजनीतिमा उथलपुथल भएको पनि स्मरण गराउनुभयो । उहाँले व्यापारिक स्वार्थको टकरावलाई राजनीतिक चश्माले हेर्दा पनि थप समस्या भएको उल्लेख गर्नुभयो ।

उहाँले राजनीतिमा वैकल्पिक शक्ति भन्ने मनोगत कुरालाई नयाँ र स्वतन्त्र हुँ भन्नेहरुको आर्थिक, सामाजिक जीवनमा देखिएको छताछुल्ल अवस्थाले विस्स्तारै तोड्दै गएको दाबी गर्नुभयो । सामाजिक सञ्जालको दुरुपयोगमा अयोग्य मान्छेलाई योग्य प्रमाणित गराउन खोज्ने र असललाई पनि खराब देखाउन खोज्ने प्रवृत्ति दुवैले दीर्घकालमा असर गर्ने र त्यो देशका लागि क्षति हुने उहाँको भनाई थियो । फेसबुकले स्थापित भएकाहरु केही समयमा नै नांगिएको देख्दा जनताको निगरानीमा रहँदा जस्ता नरहँदा हुन्न रहेछ भन्ने उनीहरुलेपनि थाहा पाइसकेको पोखरेलको दाबी थियो ।

 

प्रकाशित मिति : २०८१ भाद्र १० गते सोमवार
प्रतिक्रिया दिनुहोस