२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

माधव नेपालको चेतावनी: घर फोडुवाहरुले घर बलियो बनाउन सक्दैनन् अराजकलाई पार्टीबाट बिदा दिन्छु

९ भदौ, काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र अराजकतालाई छुट दिन नसक्ने बताउनुभएको छ । आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आवश्यक परे पार्टीबाट विदा गर्नुपर्ने बताउनुभयो । ‘जे पायो त्यही बोलेर पार्टीमा बसिरहने स्थिति बन्द गरौं’, उहाँले भन्नुभयो, ‘पहिलो चोटी चेतावनी दिउँ, दोस्रो पटक अन्तिम चेतावनी दिऊँ ।’

त्यसपछि पनि व्यवहारमा सुधार नआए पार्टीबाट निष्कासन गर्नुपर्ने उहाँले बताउनुभयो । ‘यहाँ सारा वातावरण बिगार्छ भने त्यस्ता व्यक्तिलाई विदा गरौं’, उहाँले भन्नुभयो, ‘घर फोडुवाहरुले घर बलियो बनाउन सक्दैनन् ।’

पार्टीमा अराजक गतिविधि गर्नेहरुसँग उठबस नगर्न उहाँले अरु नेताहरुलाई समेत चेतावनी दिनुभयो । ‘त्यस्ता व्यक्तिहरुसँग बसेको देख्यो भने पनि ठीक हुने छैन’, अध्यक्ष नेपालले चेतावनी दिनुभयो ।

 

 

 

प्रकाशित मिति : २०८१ भाद्र ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस