काठमाडौं । स्थानीय बजारमा आइबार सुनको मूल्य बढेको छ। गत शुक्रबार प्रतितोला ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ।
गत शुक्रबार छापावाला सुनको मूल्य १ लाख ५१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। चाँदीको मूल्य ३५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।