२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हलेसी महादेव दर्शन गरेर फर्किएको जिपसहित सुनकोशीमा बेपत्ता ३ जना २४ घण्टासम्म भेटिएनन्

९ भदौ, काठमाडौं । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको जिपसहित खसेका तीन जना अझै फेला पार्न सकिएको छैन । शनिबार साँझ जिपसहित नदीमा बेपत्ता भएका व्यक्तिको २४ घण्टासम्म खोजी गर्दा पनि फेला पर्न सकिएको छैन । सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन बेस खुर्कोटबाट गोताखोरसहितको टोलीले सुनकोशीमा खोजी गरे पनि मान्छे फेला पर्न नसकेको सशस्त्रका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

‘२४ घण्टादेखि निरन्त खोजी भइरहेको छ । तर अहिलेसम्म मान्छेको अवस्था पत्ता लगाउन सकिएको छैन’, थापाले भन्नुभयो । सशस्त्रकै गोताखोर टोलीले जिप भने आइतबार राति २ बजेतिर फेला पारेको थियो ।

खोटाङको हलेसीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च ६३६६ नम्बरको इसुजु गाडी शनिबार साँझ करिब साढे ५ बजेतिर सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशीमा खसेको थियो । प्रहरीका अनुसार सो गाडी सुनकोशी नदीमा खस्दा भक्तपुर सूर्यविनायक नगरपालिका जगाती बस्ने ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता हुनुहुन्छ । गाडीबाट हामफालेर बाहिर निस्किनुभएका सुशान्त कक्षपति भने सामान्य घाइते हुनुहुन्छ ।

 

प्रकाशित मिति : २०८१ भाद्र ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस