२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधानमन्त्रीलाई टरीगाउँ विमानस्थल स्तरोन्नतिका लागि आग्रह

काठमाडौँ, ८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष दाङका राजनीतिक नेता, सांसद र स्थानीय तहका जनप्रतिनिधि एवं निजी क्षेत्रका प्रतिनिधिले तुलसीपुरको टरीगाउँ विमानस्थल स्तरोन्नतिसहित जिल्लाको समग्र आर्थिक र भौतिक विकासबारे आज ध्यानाकर्षण गराउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, संघीय सांसदहरु दिपक गिरी र मेनका पोखरेल, एमाले केन्द्रीय सदस्य घनश्याम पाण्डे, तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का, उपप्रमुख स्यानी चौधरीलगायतले सो माग प्रस्तुत गर्नुभएको हो । मागपत्र बुझेपछि प्रधानमन्त्री ओलीले उक्त विमानस्थल स्तरोन्नतिका साथै लमही/घोराही/तुल्सीपुर सडक विस्तारका काममा सरकारले ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

प्रकाशित मिति : २०८१ भाद्र ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस